काठमाडौं–कुमारी बैंकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १४ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो। बैंकले गत वर्षको भन्दा लाभांस बढाएको छ। गत वर्ष १० प्रतिशत बोनस शेयर दिएको बैंकले यस वर्ष थप चार प्रतिशत नगद लाभांस दिएको हो। गत वर्ष देवः विकास बैंकलाई प्राप्ति गरेको बैंकले यस वर्ष लाभांसको कर तिर्नु पर्दैन।
बैंकले गत वर्ष एक अर्ब २२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो। मर्जरपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। १० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ। बैंकले यस वर्ष जगेडा कोषबाट बोनस शेयर दिने प्रस्ताव अगाडि सारेको हो। देवः विकास बैंक प्राप्ति गर्दा प्राप्त गरेको पुँजी जगेडा कोषमा राखेको थियो। उक्त रकम बोनस शेयर मार्फत शेयरधनीलाई दिने भएको हो।
देवः विकास बैंकलाई प्राप्ति गरे पछि केही सिनर्जी प्राप्त गरेको बैंकले शाखा सञ्जाल, निक्षेप संकलन, कर्जा लगानीको पोर्टफोलियो पनि सुधार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।