काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालमा ३३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
तनहुँकाे शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौँडा ५ बस्ने ३३ वर्षीया महिलाको निमोनिया र श्वासप्रश्वासमा समस्या आएर बिहीबार बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी संक्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ३० गते अस्पतालमा भर्ना भएकी थिइन्। स्वास्थ्यमा समस्या आएपछि उनको अस्पतालले कोभिड आइसीयुमा भेन्टिलेटरको सहायतामा उपचार हुँदै आएको थियो।
उनी ३७ हप्ताकी गर्भवती थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।