काठमाडौं- बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने म्याद १५ दिन थपिएको छ। नेपाल राष्ट्र बैंकले यस अगाडि ‘क’ ‘ख’ ’ग’ वर्गका लागि जारी गरेको एकिकृत निर्देशनमा त्रैमासिक अवधि सकिएको १५ दिनभित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था थियो।
तर बुधबार राष्ट्र बैंकले उक्त निर्देशन संशोधन गर्ने वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप गर्दै कात्तिकभरमा प्रकाशन गरे हुने भएको छ। बैंक तथा वित्तीय संस्थाले एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने हुन्छ। यसका साथै कात्तिक को पहिलो १५ दिन दसैँले गर्दा वित्तीय विवरण तयार पार्न गाह्रो परिरहेको छ।
अर्कोतर्फ कोभिड- १९ ले बैंक तथा वित्तीय संस्थाका कर्मचारी प्रभावित भइरहेका छन्। कतिपय बैंकका केन्द्रीय कार्यालय नै कोभिड-१९का कारण बन्द हुन पुगेका छन्। यसले गर्दा नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।