काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार ४४ हजार ४ सय ७६ जना संक्रिय संक्रमित मध्य २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। कुल सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको अनुपात ६७ प्रतिशत हो।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ४ सय ७४ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ५ हजार १ सय ३८, प्रदेश २ मा ९ सय ४५, लुम्बिनी प्रदेशमा ३ हजार ४ सय ४०, सुदूरपश्चिम प्रदेशमा ७१८, गण्डकी प्रदेशमा ९७५ र कर्णाली प्रदेशमा ८१० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।