काठमाडौं- देशभर कोरोना सक्रिय संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल ४४ हजार ४७६ जना उपचाररत सक्रिय संक्रमित छन्। यीमध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
सक्रिय संक्रमितमध्ये ३ सय ५६ जना कोरोना संक्रमितको अवस्था गम्भीर छ। उनीहरूको विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा गौतमको भनाइ छ।
मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५२ जना आइसियू र ५९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आइसियू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियू र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ३ आइसियू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियू र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियू उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।