काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं बिदामा कोभिड-१९ अस्पतालहरु बन्द नहुने जानकारी दिएको छ। आवश्यकता अनुसार कोभिड अस्पताल र प्रयोगशाला दसैँको बिदामा पनि सञ्चालन गर्न निर्णय भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए।
देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आज देशभर ४४ हजार ७७६ सक्रिय संक्रमित छन्। आज ५ हजार ७४३ नयाँ संक्रमित थपिएसँगै संक्रमतिको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।