काठमाडौं- २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज २० हजार ११८ जनाको स्वाब परीक्षण भएको छ।
देशमा कुल संक्रमितमध्ये ६८.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।