काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
गडी- ४, सुनसरीकी संक्रमित महिलाको मंगलबार राति ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
४ गते नै अस्पताल भर्ना भएकी उनको सोही दिन नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनमा पहिलेदेखि नै हाइपरटेन्सको समस्या भएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।