गण्डकी- गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने भएको छ। केन्द्र सरकार जिम्मेवारीबाट पन्छिए पनि प्रदेशले संक्रमितको उपचार नि:शुल्क गर्ने भएको हो।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको नि:शुल्क उपचार भइरहेको जानकारी दिए। ‘हालसम्म जुन ढंगबाट नि:शुल्क उपचार हुँदै आएको छ। त्यो यथावत रहन्छ,’ मुख्यमन्त्री गुरुङले भने, 'अझ पहिलाभन्दा झन् व्यवस्थित हुन्छ।’
सबै जिल्लाहरुमा आइसियु बेडकाे व्यवस्था हुनै लागेकाे भन्दै उनले नागरिककाे स्वास्थ्यका लागि आफूहरू जिम्मेवार रहेको बताए। प्रदेश सरकारले लमजुङ, स्याङ्जा र नवलपुर बाहेक सबै जिल्लामा आइसियुकाे व्यवस्थापन गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।