• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अपरेसन रिचार्ज कार्ड : यसरी पुग्यो चोरीको गिरोहसम्म प्रहरी

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ४, २०७७  १२:४९
1140x725
मोटरसाइकल चोरीमा पक्राउ परेका ३ अभियुक्त र बरामद भएका मोटरसाइकल

काठमाडौं– गत आइतबार बिहान ९ बजे। भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार। जहाँ रोहन पराजुलीको घर अगाडि पार्किङ गरेर राखिएको थियो लु ६३ प ०७४ नम्बरको एनएस२०० सिसीको मोटरसाइकल। 

पार्किङ गरेको मोटरसाइकल नै गायब भएपछि महानगरीय प्रहरी वृत्त ठिमीमा खबर पुग्यो, ‘कौशलटारबाट मोटरसाइकल चोरी भयो।’ उक्त सूचनापश्चात वृत्त ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोली परिचालन भयो । 

अनुसन्धानका क्रममा प्रहरीले फेला पार्‍यो महत्वपूर्ण क्लु। मोटरसाइकल चोरी भएको भनिएको ठाउँमा एक व्यक्ति आई फोनको रिचार्ज गरेको सिसीटिभी फुटेज देखियो । रिचार्ज गर्नु र सोही समयमा नै मोटरसाइकल हराउनुले झनै संका बढायो । 

प्रहरीले रिचार्ज गरेर फालेको कार्ड भुँइबाट उठायो । र, सुरु गर्‍यो ‘अपरेशन रिचार्ज कार्ड।’ रिचार्ज गरेर फालिएको कार्डबाट सुरु भएको अनुसन्धानले हरायो भनेर तत्कालै जानकारी गराएको मोटरसाइकलमात्रै भेटाएन थप अरु तीन वटा मोटरसाइकल पनि भेटिए र समातिए चोरका तीन गिरोह । 

फालिएको रिचार्ज कार्डबाट प्रहरीले उक्त कार्ड कति नम्बरमा रिचार्ज भएको छ भन्ने पत्ता लगायो। सोही फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दै गर्दा सोही दिन पुनः साढे ३ बजे अर्को मोटरसाइकल चोरी भएको सूचना प्रहरीलाई प्राप्त भयो ।

मध्यपुर ठिमी नगरपालिका–२ मगरगाउँस्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरिराखेको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको एनएस२०० सिसी पल्सर मोटरसाइकल चोरी भएको जानकारी प्रहरीकहाँ आएको थियो । 

त्यसपछि यी चोरीका घटनालाई प्रहरीले संयुक्त रुपमा अनुसन्धान अघि बढायो। अनुसन्धानका क्रममा मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा रहेको बोडे पेट्रोल पम्पनजिकै रहेको गार्मेन्टअगाडि एक मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्दै गरेको प्रहरीले फेला पार्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

लु ६३ प ७०७४ नम्बरको २२० सिसीको एनएस पल्सर मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरेर प्रदेश ३–०२–०१७ प ६१६७ को नम्बर प्लेट जडान गरिएको प्रहरीले पुष्टि गर्‍यो। अब उक्त मोटरसाइकल लिन आउने व्यक्तिको निगरानी गर्नु थियो प्रहरीलाई । नभन्दै दिउँसो साढे ४ बजे नम्बर प्लेट परिवर्तन गरेर प्रदेश ३–०२–०१७ प ६१६७ बनाइएको मोटरसाइकल लिन आएको एक व्यक्ति पक्राउ परे । 

महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी ऋषिराम कँडेलका अनुसार उनी थिए रामेछाप घर भई मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ थिए। उक्त मोटरसाइकल पार्किङ गरी भाग्दै गर्दा करिब २०० मिटर टाढाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तामाङकै बयानका आधारमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने २२ वर्षीय महेश तामाङ पक्राउ परे । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्नै कोठाबाट पक्राउ परेका महेशले नै चोरी गर्ने बेला आफ्नो मोबाइलमा रिचार्ज गरेको पाइएको अनुसन्धानको क्रममा खुल्यो । उनैले रिचार्ज गरेर फालेको कार्डबाट प्रहरी चोरीको गिरोहसम्म पुगिएको डिएसपी कँडेलले बताए ।  

त्यसपछि महेशसँगको बयानका आधारमा सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी नगरपालिका–९ मुलपानी बस्ने २९ वर्षीय मनोज लामा पनि मुलपानीबाट पक्राउ परे। 

मनोजलाई चोरीको प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाईकल सहित पक्राउ गरिएको हो । महेश तामाङको प्रारम्भिक बयानका आधारमा प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सिसीको पल्सर एनएस मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका–५ कमेरोटारबाट बरामद गरिएको छ।  

यसरी रिचार्ज गरेर फालिएको कार्डका आधारमा प्रहरी मोटसाइकल चोरी गर्ने गिरोहसम्म पुग्न सफल भएको हो । उनीहरुबाट चोरी भएका चार थान मोटरसाइकल प्रहरीले बरामद गरेको छ। 

मनोज तामाङ र महेश तामाङबाट  बरामद भएका चोरीका मोटरसाइकल धनी भने खुल्न सकेका छैनन्। बाँकी दुई वटा मोटरसाइकल भने पहिले नै चोरी भएको भनेर प्रहरीकहाँ उजुरी आएकाले ती मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने तयारी रहेको वृत्त ठिमीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्