काठमाडौं–प्रभु बैंकले रोल्पाको लिवाङमा २१० औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले कात्तिक ३ गतेदेखि कार्यालय सञ्चालन गरेको हो। उक्त कार्यालयको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरेका हुन्।
मेयर केसीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा सेवा विस्तार गरि प्रशंसनीय कार्य गरेको बताए।
बैंकले लिवाङ शाखा कार्यलयबाटगुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने र सर्वसाधारण र व्यावसायिक फर्म कम्पनी तथा संघ संस्थाहरु लाभांन्वित हुने विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।