काठमाडौं– लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई कुनै पनि क्लबले अनुबन्धित गरेका छैनन्।
सोमबार सम्पन्न ड्राफ्टबाट पाँच टिमले खेलाडी अनुबन्धित गर्दा सन्दीपलाई भने कसैले किनेनन्। सन्दीप ड्राफ्टमा परे पनि उनीमाथि कुनै टिमको नजर परेनन्। तीन वर्षदेखि सन्दीपले सबै फ्रेन्चाइज लिग खेल्दै आएका थिए। तर उनी लंका प्रिमियर लिगमा भने छानिएनन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गरिरहेको छ। तर सन्दीप भने लगातार ९ खेलसम्म बेन्चमा छन्। लंका प्रिमियर लिगमा कुनै पनि टिमले सन्दीपलाई छनोट नगर्नुको कारण दिल्लीको टिममा लगातार बेन्चमा बस्नु पनि एक हो।
श्रीलंका क्रिकेट बोर्डको आयोजनामा लंका प्रिमियर लिग नोभेम्बर २१ देखि डिसेम्बर १३ तारिखसम्म आयोजना हुनेछ। यो लिगमा जाफना स्टेलियन्स, डम्बुल्ला हक्स, क्यान्डी टस्कर्स, कोलोम्बो किंग्स र गाल्ले ग्लाडियटर्स गरी पाँच टिमको सहभागिता रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।