काठमाडौं- बागमती प्रदेश सरकार र नेकपा संसदीय दल दुवैले चाडपर्व खर्च बापत पाउने रकम कोभिड काेषमा जम्मा गर्ने निर्णय गरेकाे छ।
साेमबार बसेकाे मन्त्रिपरिषद् र संसदीय दलकाे बैठकले संक्रमित नागरिकको उपचार गर्न कोभिड कोषमा जम्मा गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।
दसैँ भत्ता पाउने रकम लिएकाे भनि केन्द्रमा आलाेचना भइरहेकाे समयमा बागमती प्रदेशले यस्ताे निर्णय गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।