चौतारा- सिन्धुपाल्चाेकमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ४ सय नाघेकाे छ। त्यसैगरी ११ जना संक्रमितकाे मृत्यु भएकाे छ।
सिन्धुपाल्चोकमा साेमबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ। याे एकैदिन थपिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हाे।
साँझमात्रै कोरोना परीक्षणको रिपोर्ट आएकाले को कहाँको हो भन्ने थाहा हुन नसकेको स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।