काठमाडौं- सरकारले पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। सोमबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिँदै २४ घण्टा सञ्चालनमा ल्याउने बताएका हुन्।
शवदाह गृहलाई २४ सैं घण्टा सञ्चालनमा ल्याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने र थप एक हाइब्रिड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।