काठमाडौं- कोरोना सङ्क्रमितको सम्पूर्ण उपचार संक्रमित आफैँले व्यहोर्नुपर्ने बताएको सरकारले सक्नेले तिर्ने र गरीब असहायले तिर्नु नपर्ने बताको छ।
आइतबार सम्पूर्ण संक्रमितले उपचार खर्च व्यहोर्नु पर्ने निर्णय गरेको सरकारले सोमबार तिर्न नसक्नेलेलाई सघाउ पुर्याउने उद्देश्यले तिर्न सक्नेले जाँच खर्च तिरेर सघाउ पुर्याइदिन आफ्नो उपचार आफैँ गरौं भनेको प्रष्ट्याएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले राज्यले सक्नेबाट लिने र नसक्नेलाई दिने रणनीति अख्तियार गरेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।