काठमाडौं- होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन सरकारले गर्दैन भन्नु हल्ला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न धार्मिक संस्था र व्यक्तिले आफन्तको शव हेर्न पाउनुपर्ने र संस्कारअनुसार गर्न पाउनुपर्ने माग गरेकाले सेना पुग्न नसकेको अवस्थामा र आफन्तले चाहेको अवस्थामा शव व्यवस्थापन आफन्तले गर्न सकिने निर्णय सरकारले गरेको गौतमले बताए।
कोरोना संक्रमितको शव सरकारले व्यवस्थापन गर्दैन भन्ने कुरा निराधार हल्ला भएको गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।