काठमाडौ- नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा‚ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा मालेलगायत २१ वामपन्थी दलहरुले कोरोना महामारी उपचारमा राज्य उपचार गर्नबाट पन्छिन नमिल्ने बताएका छन्।
सोमबार २१ दलका प्रतिनिधिले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा १५को खुला उल्लंघन भएको ठहर गरेको छ। यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्नुपर्छ भन्ने निर्णयको उपाहास भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले आम नागरिकको बाँच्न पाउने अधिकारको अतिक्रमण गरेको बताउँदै सबै कोरोना संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।