हालसम्म ७ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा भेटिएको छ। बागमती प्रदेशमा मात्र ६४ हजार ९ सय ९१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जिल्लागत रुपमा सबैभन्दा धेरै काठमाडौंमा ४४ हजार ७ सय ७५ जना छन्।
प्रदेशगत रुपमा ७७ जिल्लामा कति संक्रमित, कति मृत्यु र कति उपचाररत?
प्रदेश १
प्रदेशमा १ मा हालसम्म १३ हजार ३ सय ४५ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये ५ हजार ३ सय १९ जना उपचारमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म ९२ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय ३४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
प्रदेश २
प्रदेश २ मा हालसम्म १७ हजार ५१ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये १ हजार ३ सय ३४ उपचारमा छन्। हालसम्म १ सय ४७ जनाको मृत्यु भएको छ भने १५ हजार ५ सय ७० जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेश
सबैभन्दा धेरै संक्रमित रहेको प्रदेश हो, बागमती प्रदेश। यहाँ मात्र ६४ हजार ९ सय ९१ जना संक्रमित रहेका छन्। जसमध्ये ३ सय ३२ जनाको मृत्यु र ४० हजार २ सय ४४ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये हाल २४ हजार ४ सय १५ उपचारमा रहेको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा हालसम्म ६ हजार ५ सय ६८ जना संक्रमित भेटिएका छन्। जसमध्ये १ हजार ७ सय ४२ उपचारमा छन्। गण्डकी प्रदेशमा ३९ जनाको मृत्यु र ४ हजार ७ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्।
प्रदेश ५
प्रदेश ५ मा हालसम्म १ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार साँझसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा १६ हजार १ सय ९९ जना संक्रमित भेटिएका छन्। जसमध्ये ४ हजार २ सय १७ जना उपचाररत छन् भने ११ हजार ८ सय ७६ जना उपचारपछि डिस्चार्ज भएका छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा हालसम्म ५ हजार १ सय २ जना संक्रमित भेटिएका छन्। जसमध्ये १ हजार २ सय २६ जना संक्रमित उपचारमा रहेका छन्। ८ जनाको मृत्यु भएको र ३ हजार ८ सय ६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा ८ हजार ९ सय ९० संक्रमित भेटिएका छन्। जसमध्ये १ हजार ८८ जना उपचारमा रहेका छन्। १५ जनाको मृत्यु भएको छ भने ७ हजार ८ सय ८७ जना उपचारपछि डिस्जार्च भएका छन्।