चौतारा- पहिलाे संक्रमित मृत्यु भएकाे सिन्धुपाल्चाेकमा हालसम्म ११ जना संक्रमितकाे ज्यान गएकाे छ। योसँगै सिन्धुपाल्चोकमा अहिलेसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काेराेना संक्रमणबाट आइतबार एकै दिन थप तीन जनाको मृत्यु भएको छ। भोटेकोसी गाउँपालिका- ३ का ६० वर्षीय पुरुष, बाह्रबिसे नगरपालिका- ३ का १९ वर्षका पुरुष र स्थानीय तह खुल्न नसकेका ६१ वर्षीय पुरुष गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
भोटेकोसी र बाह्रबिसेका दुई पुरुषको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो भने अर्का ठेगाना नखुलेका पुरुषको अल्का अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए।
यसअघि इन्द्रावतीका १, त्रिपुरासुन्दरीका २, पाँचपोखरीका १, बाह्रबिसेका ३, भोटेकोसीका २ र मेलम्चीका १ जनाको मृत्यु भइसकेको छ। आइतबार जिल्लामा नयाँ संक्रमित थपिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।