काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०१ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६६ जना आइसियू र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियू र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियूमा जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ६ आइसियू र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियू र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियू र २ जना भेन्टिलेरमा उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।