काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इटहरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
इटहरी नगरपालिका- १, सुनसरीका ७९ वर्षीय ती पुरुष गत असोज २६ गते कोरोना पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए।
पहिलेदेखि विभिन्न दीर्घरोग भएका उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा आज बिहान ३:५ बजे उनको मृत्यु भएको अस्पताले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।