काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ। शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो।
सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन। यसका साथै गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ।
चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन्। उनले सबै भेटघाट समेत बन्द गरेको गौतमको निजी सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।