काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड- १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन्।
उनका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ।
नेपालमा कोभिड- १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।