सांकेतिक तस्बिर
काठमाडौं– सुजी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० थान नजल क्यानुला हस्तान्तरण गरेको छ।
फाउन्डेसनका महेश नकर्मीले मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलाई हस्तान्तरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उक्त समाग्री चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, त्रि वि शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पताल र कोशी अस्पताल विराटनगरमा जडान गरिने मन्त्रालयले जनाएको छ।
श्वासप्रश्वासमा गाह्रो भएमा बिरामीलाई नजल क्यानुलाको सहयोग आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।