पिसिआर परीक्षण गर्दै एक ल्याबका कर्मचारी।
काठमाडौं- शुक्रबार देशमा ४ हजार ३९२ जनामा कोरोना सक्रमित भएको पुष्टि भयो। १६ हजार ५३१ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ३९२ जना कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
शनिबार नेपालमा कुल परीक्षणको २६.५६ प्रतिशत कोरोना संक्रमित भएका छन्। यसको अर्थ १ सय जनाको परीक्षणमा झन्डै २७ जनामा कोरोना संक्रमण भएको भन्ने हो। यो दर निकै उच्च हो।
विश्व स्वास्थ्य संगठनका अनुसार कुल परीक्षण संख्याको १० देखि १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिए परीक्षणको अभाव भएको मानिन्छ। शुक्रबारको तथ्यांक हेर्दा नेपालमा पनि परीक्षणको अभाव रहेको र तत्कालै परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।