काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ७७ जना भेन्टिलेटरमा र ३१५ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७० जना आइसियू र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियू र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ८ आइसियू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियू र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १८ आइसियूमा उपचाररत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।