काठमाडौं- बिहीबार उच्च अदालत बार एसोसियसन पाटनका सदस्य अधिवक्ता हरेकृष्ण कायस्थको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यसअघि गत साता बार एसोसियसन पाटनका पूर्वअध्यक्ष दीपक विष्टको पनि कोरोनाकै कारण मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो। विराटनगर उच्च अदालत बार एसोसियसनका पूर्वअध्यक्ष राम निरौलाको पनि कोरोनाका कारण मृत्यु भएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।