काठमाडौं– कोलकाता नाइट राइडर्सले दिनेश कार्थिकलाई कप्तानबाट हटाएको छ। दिनेश कार्थिकको नेतृत्वमा टिमको राम्रो नतिजा नआएको भन्दै कोलकाताले दिनेशलाई कप्तानको जिम्मेवारीबाट हटाएको हो।
कोलकाताले दिनेशलाई हउटाउँदै कप्तानको रुपमा इयोन मोर्गनलाई कप्तानको भूमिका सुम्पेको छ। मोर्गन इंग्ल्यान्डका कप्तान हुन्। इंग्ल्यान्डलाई २०१९ को विश्वकप क्रिकेटको उपाधि दिलाएका मोर्गनमाथि कोलकाताले ठूलो विश्वास गरेको छ।
मोर्गनको कप्तानीमा टिमले राम्रो गर्ने कोलकाताको विश्वास छ। गत डिसेम्बरमा भएको अक्सनबाट कोलकाताले मोर्गनलाई ५.२५ करोड भारुमा अनुबन्धित गरेको थियो। जारी आइपिएलमा कोलकाताको लागि सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा मोर्गन छन्। उनले १७५ रन बनाएका छन् भने कार्थिकले १०८ रन बनाएका छन्।
जारी आइपिएलमा कोलकाता अहिले चौथो स्थानमा छ। सात खेलबाट चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको कोलकाताले आठ अंक बनाएको छ।
शुक्रबार राति कोलकाताले साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ। मोर्गन आफ्नो कप्तानी खेलमा कोलकातालाई जित दिलाउने लक्ष्यमा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।