चौतारा- मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु भोलिबाट कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ। बिहीबार नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागीय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो।
जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिँदै गएको पाइएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिए।
यस्तै जनप्रतिनिधि एवम् कर्मचारीहरु संक्रमित तथा कन्ट्राक ट्रेसिङमा रहेकाले वडा नं १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहीबारदेखि कार्तिक ३ गतेसम्म पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको पनि अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।