फाइल तस्बिर
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७३९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७३५ जना पुगेको छ।
हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १६९२ जना, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।