विराटनगर–कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्याबाट पीडित थिए।
यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए। उनलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछि बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो। मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ बिरामी रहेको केन्द्रले जनाएको छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।