झापा–मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कनकाईमा रहेको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टमा बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए।
उनी घरकै आइसोलेसनमा बसेका छन्। यसअघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत संक्रमण भएको थियो। यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ संक्रमणमुक्त भएका छन्। असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।