काठमाडौं- पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
पोर्चुगिज फुटबल फेडेरेसनले रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको हो।
३५ वर्षीय फुटबलर रोनाल्डोमा कुनै पनि लक्षण नदेखिएको र हाल उनी आइसोलेसनमा रहेको जानकारी फेडेरेसनले विज्ञप्तिमार्फत् जनाएको छ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।