काठमाडौं- कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाल पर्यटन बोर्डको कार्यालय चार दिनका लागि सिल गरिएको छ। बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यालयका सिल गरिएको जानकारी दिएको हो।
मंगलबार र सोमबार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारबाट चार दिनका लागि कार्यालय सिल गरिएको जानकारी बोर्डले विज्ञप्तिमार्फत् दिएको हो। कार्यालय बन्द रहेपनि ट्रेकिङ परमिट भने दिने काम भने बन्द नहुने बोर्डले स्पष्ट पारेको छ।
यसका साथै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कार्यालय परिसरमा कुनै पनि भेटघाट समेत नगरिने बोर्डले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।