फाइल तस्बिर
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ।
आज १५ हजार ५७७ जनाको कोरोना परीक्षण भएको छ। नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या १२ लाख ७ हजार ९१ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।