काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज देवी खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ।
खड्काले आइतबार कोरोना परीक्षण गरेपछि मंगलबार पोजेटिभ देखिएको हो। उनी आफूलाई कोरोना संक्रमण देखिएपछि दोलखा चरिकोटस्थित आफ्नै घरमा आइसोलेसनमा बसेकी छन्। तर खड्काको स्वास्थ्य अवस्था सामान्य देखिएको परिवारका सदस्यले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।