फाइल तस्बिर
काठमाडौं- नेपालमा शनिबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
५ वटा जिल्लाका २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंमा ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० वर्षीय पुरुष, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीमा ७४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.५८ प्रतिशत छ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ।
हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या ११ लाख ९१ हजार ५१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।