काठमाडाैं-गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमित थपिएका छन्।
याेसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन्। सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।