काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-२० निवासी ६९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी असोज १६ गते कोरोना पुष्टि भएर होम आइसोलेसनमा बस्दै आएका थिए।
उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएर असोर २३ गते अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनले उच्च रक्तचाप तथा सुगरको औषधि खाँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।