काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका-८, सुनसरीकी ६२ वर्षीया महिला, सुनसरी दुहवीका ६५ वर्षीय पुरुष र धनकुटाकी ६१ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ।
दुहवीका पुरुषको आज बिहान ३:५० मृत्यु भएको थियो। यही १४ असोजमा अस्पताल भर्ना गरिएका उनलाई असोज १५ मा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
यस्तै आजै बिहान ६:४० मा निधन भएका धनकुटाका पुरुषलाई यही असोज १६ गते अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा असोज २० गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
उनलाई डाइबेटिज तथा हाइपरटेन्सनजस्ता दीर्घरोग रहेको पनि अस्पतालले जनाएको छ।
धरान-८ की महिलाको भने शनिबार बेलुका ८ बजे मृत्यु भएको हो। उनलाई यही असोज २२ गते अस्पताल भर्ना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।