काठमाडौं- दिल्ली क्यापिटल्सका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध पनि प्लेइङ सेटमा परेका छैनन्।
युएईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले छैटौं खेलमा पनि सन्दीपलाई खेलाएको छैन। दिल्लीले राजस्थानविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धकै प्लेइङ सेटलाई खेलाएको छ। आइपिएलमा राजस्थानलाई पराजित गर्दै दिल्लीले लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ। यता स्टेभ स्मिथको कप्तानीमा रहेको राजस्थान भने तेस्रो जितको खोजीमा छ।
दिल्ली अहिले लिगको दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको आठ अंक छ। पाँच खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको राजस्थान भने लिगको पुछारबाट दोस्रो स्थानमा छ।
लगातार पाँचौ खेलसम्म बेन्चमै रहेका सन्दीप राजस्थानविरुद्धको खेलमा भने प्लेइङ सेटमा पर्ने अनुमान थियो। तर दिल्लीले लगातार छैटौं खेलसम्म विदेशी चार खेलाडीलाई नै खेलाएको छ। दिल्लीले पुरानै प्लेइङ इलाभेनका खेलाडी मैदानमा उतार्दा राजस्थानले भने दुई खेलाडी परिवर्तन गरेको छ। अंकित राजपुतको स्थानमा वरुण अरुणलाई मौका दिइएको छ भने एन्ड्रेव टाईलाई टोम कुरनको स्थानमा खेलाइएको छ।
प्लेइङ इलाभेन
दिल्ली– श्रेयस ऐयर (कप्तान), रिषभ पन्त, मार्कस स्टोइनिस, पृथ्वी शो, शिखर धवन, कागिसो रबडा, एनरिच नोर्टजे, सिमरन हिटम्यर, अक्षर पटेल, रविचन्द्रन अश्विन, हर्षल पटेल
राजस्थान– स्टेभ स्मिथ (कप्तान), यशास्वी जैसवाल, जस बटलर, सन्जु सामसन, महिपाल लाम्रोर, राहुल टेवाटिया, एन्ड्रेव टाई, श्रेयस गोपाल, जोफ्रा आर्चर, कार्तिक त्यागी, वरुण अरुण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।