काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार बिहान सभामुख घर्तीसहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी गरिएको कोरोना परीक्षणमा सभामुख घर्तीको रिपोर्ट पोजेटिभ आएको उनका स्वकीय सचिव ध्रुवविक्रम ओलीले बताए।
‘आज बिहान सभामुखसहित हामी सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण भएको थियो,' घर्तिका स्वकीय सचिव ओलीले भने, ‘तर, सभामुखज्यूको रिपोर्ट कोरोना पोजेटिभ देखियो। अरु हामी सबैलाई कोरोना नेगेटिभ देखिएको छ।’
सभामुख आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्। सभामुखलाई सामान्य रुघाखोजीको जस्तो लक्षण देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।