• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

लुम्बिनी प्रदेश : स्थायी राजधानीका संरचना निर्माणको जिम्मा पूर्वाधार विकास प्राधिकरणलाई!

64x64
नेपाल लाइभ शुक्रबार, असोज २३, २०७७  १७:१७
1140x725

काठमाडौँ- लुम्बिनी प्रदेशको राजधानीमा निर्माण हुने सम्पूर्ण भौतिक संरचनाको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरणले गर्ने भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहने प्राधिकरणले सम्पूर्ण प्रदेश राजधानीको भौतिक संरचनाको निर्माण गर्ने जानकारी दिइएको छ। 

प्राधिकरण यसअघि नै स्थापना भइसकेकाले तत्कालै काम सुरु गर्ने तयारी गरिएको छ। राजधानीका भौतिक संरचना निर्माणका साथै प्राधिकरणले प्रदेशमा तीन मेगासिटी बनाउने कामसमेत गर्ने नेकपा सचेतक भूमिश्वर ढकालले बताए।

प्रदेश प्राधिकरणले प्रदेश राजधानीको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी ग्लोबल टेन्डर गर्ने तयारी गरेको छ। प्रदेश राजधानीको संरचनासहित शिक्षा स्वास्थ्य, आवास,  हेटेल, व्यापारिक क्षेत्र लगायत छुट्याएर डिपिआर तयार गरिने नेता ढकालले बताए। 

प्रदेश राजधानीलाई विकसित र आधुनिक सहरको रुपमा विकास गर्न लागिएकाले जग्गा खोजी गरिएको छ। प्रदेश सरकारले समग्र देउखुरी क्षेत्रको विकासलाई समेत मध्यनजर गरी व्यवस्थित सुन्दर सहरको रुपमा विकास गर्ने योजना बनाएको छ।

‘हामीले हतारमा बुटवलबाट स्थायी राजधानी दाङमा सार्दैनौँ। स्थायी राजधानी तोकिएको दाङ देउखुरीको राप्ती र गढवा गाउँपलिका क्षेत्र र अर्घखाँचीको सिरगंगा नगरपालिका क्षेत्रमा धेरै मात्रामा जग्गाको खोजी गरिन्छ,’ ढकालले भने, ‘प्रदेशसभाले पारित गरेको राजधानी क्षेत्रको जग्गाको सम्भावना अध्ययन गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको क्रम सुरु हुन्छ।’

डlपिआर तयार भएपछि मात्रै प्रदेशको भौतिक संरचना निर्माणको काम सुरु हुने उनको भनाइ छ। स्थायी राजधानीमा भौतिक संरचना बन्न २/३ वर्ष लाग्ने भएकाले त्यसबेलासम्म बुटवलबाटै संञ्चालन हुने ढकालले बताए।

लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारु भने अस्थायी संरचनामा भए पनि स्थायी राजधानी सार्न उपयुक्त हुने बताउँछन्। ‘प्रदेश राजधानीको भौतिक संरचना बनाउन २ वर्षदेखि तीन वर्षसम्म लाग्न सक्छ। ढिलोमा अब आउने चुनावसम्म प्रदेश राजधानीका सबै भौतिक संरचना तयार भईसक्छन्,’ थारुले भने, ‘यदि पुरानै संरचनामा प्रदेश राजधानी सार्न चाहेमा तत्काल सार्न समस्या हुँदैन। देउखुरीमा पनि राजधानीका लागि आवश्यक संरचना छन्।’

पुरानै संरचनामा प्रदेश राजधानी सार्न खोजेमा स्थायी भौतिक संरचना पर्याप्त रहेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए। ‘राप्ती गाउँपालिका अन्तर्गत राप्ती प्राविधिक शिक्षाका भवन पनि छन्। ती संरचनालाई नै तत्कालका लागि प्रयोग गर्न सकिन्छ,’ सुवेदीले भने, ‘त्यही राखेर मुख्यमन्त्री प्रदेशका मन्त्रालय प्रदेशसभा सबै राख्न भवन पुग्छ। भौतिक संरचना नबनेपनि अस्थायी संरचनामा सर्न समस्या हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीलाई आदर्श उच्च माध्यमिक विद्यालय लालमटिया र साविकका लालमटिया र सिहनिया गाउँपालिका भवनमा स्थानान्तरण गर्न सकिने उनको भनाइ छ। 

गत २० गते प्रदेशसभाको दुई तिहाईबाट प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घखाँचीको शितंगगा नगरपालिकाकाले ओगटेको राप्ती उपत्यकाको देउखुरीलाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको हो। प्रदेशसभामा ८७ सांसद भएपनि मतदान गर्ने  ८२ मध्ये दाङको पक्षमा ६९ विपक्षमा १३ मत परेको थियो।

यस्तै त्यसै दिन प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित भएको थियो।  लुम्बिनी प्रदेशमा तीन महानगरपालिकालाई

तीन 'मेगासिटी' विकास गरिने 
प्राधिकरणले प्रदेशमा तीन महानगरपालिका बनाएर 'मेगासिटी'का रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ। त्यसरी बन्ने 'मेगासिटी'लाई आधुनिक सुविधासम्पन्न बनाउन प्राधिकरणले योजना बनाउने काम गरिरहेको सचेतक ढकालको भनाइ छ। 

दाङको तुलसीपुर र घोराही उपहानगरपालिकालाई जोडेर महानगर बनाउने, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई जोडेर महानगर बनाउने र रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई जोडेर महानगर बनाउने तयारी गरिएको छ। यी तीनै महानगर बन्ने क्षेत्रका भौतिक संरचनासहित व्यवस्थित सहरीकरण गरिने तयारी छ। तीन महानगरलाई प्रदेशकै आधुनिक सुविधा सम्पन्न सहरको रुपमा विकास गर्ने योजना बनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्