ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन्। यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए।
बिहीबार उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०७७ असोज ९ गतेको पिसिआर परीक्षणबाट ममा कोरोना संक्रमण पुष्टि भई एक साता होम आइसोलेसन र ६ दिन स्टार हस्पिटलमा गरिएको उपचारपछि मेरो पिसिआर परीक्षणको रिपोर्ट २०७७ असोज २१ गते नेगेटिभ आएकाले म अहिले कोरोनामुक्त भएर डिस्चार्ज भएको जानकारी गराउँदछु।’
मंगलबारमात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।