काठमाडौं- लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका– ६, रुपन्देहीका ४७ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बेलुका ५ः३० बजे मृत्यु भएको अस्पताले जानकारी दिएको छ।
उनी ज्वरो र श्वासप्रश्वासमा समस्या भई असोज २१ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।
अस्पतालका अनुसार उनको असोज १५ गते कोरोना पोजेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।