काठमाडौं– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा कोलकाताले चेन्नाई सुपर किंग्सलाई १० रनले पराजित गरेको हो।
अबुधावीमा १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सकेपछि कोलकाताले रोमाञ्चक जित निकालेको हो। चेन्नाईका ओपनर सेन वाटसनले ५० रन बनाए। त्यस्तै, आम्बती रयुडुले ३० र रविन्द्र जडेजाले अविजित २१ रन बनाएपनि चेन्नाईले हार टार्न सकेन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १६७ रन बनाएको थियो। कोलकाताकाे मध्यम लक्ष्यमा ओपनर राहुल त्रिपाठीले ८१ रन बनाए। सुनिल नारिने र पट कुम्मिन्सले समान १७–१७ रन जोडे। बलिङतर्फ चेन्नाईका ड्वारेन ब्राभोले तीन विकेट लिदा कर्ण शर्मा, सार्दुल ठाकुर साम कुरनले समान २–२ विकेट लिए।
यो जितसँगै कोलकाताले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ। पराजित चेन्नाईले भने खेलको ६ खेलमध्ये चार खेलमा हार र दुई खेलमा जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।