काठमाडौं- बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा एक कार्यक्रमबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक बुधबार हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ काम गरेको भन्दै प्रशंसा गरे। रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै उनले खुशी समेत व्यक्त गरेका छन्।
रंगशाला निर्माण परियोजना छिटो सक्न पनि पौडेलले शुभकामना दिए। सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी दिए।
सामाजिक विकास मन्त्री युवराज दुलालले अर्काे वर्षपनि सरकारले सहयाेग गर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।