काठमाडौं- अनसनरत डा गोविन्द केसीको समर्थनमा रिले अनसन सुरू गरिएको छ।
डा केसीको १९ औं अनसनको २४ दिनसम्म पनि सरकारले वार्ता प्रयास पनि नगरेकोले उनको समर्थनमा त्रिभुवन विश्वविद्यालयमा रिले अनसन सुरु गरिएको हो। त्रिविका स्वतन्त्र विद्यार्थीले रिले अनसन सुरु गरेका हुन्।
बुधबार पहिलो चरणको अनसनमा जयराज ओझा र राम नरेश यादव बसेका छन्।
रिले अनसन सरकारले गोविन्द केसीका मागहरू पूरा नगरेसम्म चलिरहने बताइएको छ।
डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि सरकारले वार्ताको पहल गरेको छैन। उनीसँग वार्ता गर्न विभिन्न संस्थाले दबाब दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।