काठमाडौं- नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल नेपालमा कोरोना संक्रमण भएर उपचाररत रहेका मानिसको खंख्या २५ हजार ७ छ। यीमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
बुधबार १४ हजार २०९ जनाको परीक्षण भएको छ। यीमध्ये ३४३९ जनामा कोरोना संक्रमण भएको पाइएको हो। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। यी मध्ये ७२.९ प्रतिशत अर्थात् ६८ हजार ६६८ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।